तिमिलाई भेट्न भनी, वेशितिर झर्दाखेरि
तिम्रो हात समाएर, संगै खोलि तर्दाखेरि
पौडि खेल्ने सानो खोलि, गट्टा खेल्ने चौतारि
संग संगै रमाउथ्यौ, लेकवेशि गर्दाखेरि
संगै खेल्यौ संगै खायौ संगसंगै बढ्दै गयौ
तिम्रा हातले पुछेकि थियाैं, मैले अासु झार्दाखेरि
तिमी जान्ने म न जान्ने, पढाईमा कमजोर थिए
तिमिले नै सिकाकीथ्यौ , गृहकार्य गर्दाखेरि
खिन्न मन बनाउदै, बिदाईका हात हल्लाकीथियाै
गहभरि अासु पारि, तिमीले बसाइ सर्दाखेरि
न त भुले यादहरु, न फर्कियौ तिमी कहिले
तिम्रो घर हेरिरन्छु , वेशितिर झर्दाखेरि
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: