कती गए यसपालिको मंसिर नि, खेरै जाने भयो |
बनाउछु भन्थे कसैलाई आफ्नो, सम्झेरै जाने भयो ||
बिदेशबाट के फर्क्याथ्यो झ्याइ पारेछ सुन्तलीलार्इ |
आफ्नो भने आएन पालो बधाइ, दिएरै जाने भयो ||
न राम्रो जागिर न त घरबारै जुर्यो यता न उता |
तनाबै तनाब को जिन्दगी सोच्छु , पिएरै जाने भयो ||
बुढो त नभनम दुर्इचार को ठुलाबाचै भाकै हो |
जवानिको भोटो फाटेर हैरान, सिएरै जाने भयो ||
ज्योतिष अनि भाकल कती गराए भन्न त नहुने |
चाला रहे यस्तै अरु मंसिरहरु, धेरै जाने भयो ||
----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: