एक तीर दुई निशाना वारपार भएको छ
एउटै घाउमा प्रहार बारबार भएको छ !
मलम पट्टी लगाउने त कोही भएन यहाँ
खत पनि कोट्याउन बढो प्रहार भएको छ !
उ त आउछे खिस्स हास्छे पर्नु चोट परेको छ
त्यही चोट सम्झानालाई उपहार भएको छ !
कहाँ बाट सुरु भयो यो अत्तोपत्तो केही छैन्
तर पनि जिन्दगानी सदाबाहार भएको छ !
म त भन्छु पिरती र स्वार्थ उस्तै उस्तै हुन्छ
विश्व प्रसिद्ध प्रेमीलाइ पनि गद्दार भएको छ !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: