नभन्नु मलाई जिउदै मार्यो भनेर ।
हात समाई बिचमै छाड्यो भनेर ।
दोष मेरो होइन प्रीय तिम्रो हो ।।
सुने खबर अर्कैले नजर गाड्यो भनेर ।
म प्रदेश हुँदाको बखत पत्ता भयो ।
आधा प्रेम कसैलाई बाड्यौ भनेर ।
हल्ला चलेछ गाउँमा तिम्रै मात्र ।
इज्जत माटो मुनि पार्यो भनेर ।
हो तेसैले डिभोर्स देको मैले ।
तिम्रो लागि नविनले हार्यो भनेर ।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: