अाफ्नै हात जगन्नाथ | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

अाफ्नै हात जगन्नाथ




Ajnabi Prakash (Khil Prasad) - Jul 22 2016

निर्धामाथि हमला एक साथ गरिहाल्छन, गाउँमा केहि भयो हाताहात गरिहाल्छन, घरमा बेरोजगार छोरो यसै बसेको छ जागिरको मामलामा पक्षपात गरिहाल्छन,



निर्धामाथि हमला एक साथ गरिहाल्छन,
गाउँमा केहि भयो हाताहात गरिहाल्छन,

घरमा बेरोजगार छोरो यसै बसेको छ
जागिरको मामलामा पक्षपात गरिहाल्छन,

मायामा आँखा खोलेर विश्वास गर्नै हुन्न
आँखा चिमल्यो की त घात गरिहाल्छन,

बाटो हिड़दा कोही कसैसँग बोल्नै हुँदैन
आइमाईहरु पंधेरामा बात गरिहाल्छन,

सबैलाई सधै आफ्नै जय जयकार प्यारो
मान्छे आफ्नै हात जगन्नाथ गरिहाल्छन ।।


अजनबि प्रकाश
कुर्घा, पर्वत्, नेपाल
[email protected]



----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.