माया गर्दैमा आफ्नै हुनुपर्छ भन्दिन म।
नजर जध्धैमा आफ्नै हुनुपर्छ भन्दिन म।।
जीवनका आराेह अवराेहहरुमा साथ दिन।
समीप बस्दैमा आफ्नै हुनुपर्छ भन्दिन म।।
विचारमा अनेकता कर्ममा एकता भएनी।
साथमा हाँस्दैमा आफ्नै हुनुपर्छ भन्दिन म।।
दुःख पीडा संघर्षमा आउने जाने हुँदैगर्दा।
हातेमालाे बढ्दैैैमा आफ्नै हुनुपर्छ भन्दिन म।।
दिलैमा घण्टी वज्दछ जब दुवैकाे भेटमा नै।
वारपार गर्दैमा आफ्नै हुनुपर्छ भन्दिन म।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: