हेर्छु जता अाजकल कोलाहल मात्र देख्छु ,
देखाउन रोएपनि भित्रभित्रै हास्ने मात्र भेट्छु ।
आश्वासन दिनेहरू कति भेटे कति ,
सहयोगको नाम सुन्दै भाग्नेहरु मात्र देख्छु ।
सफा लुगा लगाएर नाङ्गिएका धेरै देखे,
आदर्शका कुरा गर्ने गतिछाडा मात्र भेट्छु ।
सुन्दरताको बयान गरि हिड्ने हरु धेरै भेटे,
फुल टिप्ने बहानामा हागाँ भाच्ने मात्र देख्छु ।।
आश्वासन का दुई शब्द दिई आशु झारेपनि,
भित्रभित्रै खुसी भई तालि पिट्ने मात्र भेट्छु ।
हेर्छु जता अाजकल कोलाहल मात्र देख्छु ,
देखाउन रोएपनि भित्रभित्रै हास्ने मात्र भेट्छु ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: