नजन्मदै ऋण लाग्छ कहाँ आय पाउँछ ?
हावादारी शाषक मात्र भिमकाय पाउँछ
शक्तिको परिपरि चन्द्रमा घुम्छ पृथ्वी घुम्छ
तिमी भन- कमजोरले कसरी न्याय पाउँछ ?
नारा समाजवाद र साम्यवादकै लागेपनि
दर्शनको अर्थ दृष्टि नदेख्नेले अध्याय पाउँछ
झुट शब्दले बरु लाज मान्दै छ आजकल
कहाँ क्रान्ति भयो र ! नाराले मात्र राय पाउँछ
श्रम नगर्ने कसरी श्रमजिवी मानौँ ? उत्तर देउ
मुसाको सिंहासनमा जनताले देहाय पाउँछ
Liked by: