मेरै बारे लेखेको हातमा अखबार छ
आँखाले नजर गुमायो अन्धकार छ
मैले अध्याँरो अङ्गालेपछि शहरमा
ठुलै तयारीले उज्यालोको प्रचार छ
सबैको आ आफ्नो रोजाई हुँदो रहेछ
मैले हारेर जितेँ तिम्रो जितमा हार छ
सबैतिर कोलाहल अशान्ति छायो रे
सत्तामा पक्का धृतराष्टको सवार छ
Liked by: