मलाई हाँस्न सिकाउने आमा त होनी !!
मलाई बाँच्न सिकाउने आमा त होनी !!
ताते ताते गरेर खेलाएर मेरी आमाले !!
मलाई नाच्न सिकाउने आमा त होनी !!
दुःखी गरीबला साथ दिएर खुसीहरू !!
मलाई साट्न सिकाउने आमा त होनी !!
जस्तै परिस्थिति आए पनि सबै काम !!
मलाई आँट्न सिकाउने आमा त होनी !!
कसैलाई झुट बोलेर खुसी मिल्छ भने !!
मलाई ढाट्न सिकाउने आमा त होनी !!
हाम्रो देशलाई असर पूर्नाउनेलाई पनि !!
मलाई काट्न सिकाउने आमा त होनी !!
दिदिबैनिलाई कसैले नराम्रो भने पार !!
मलाई छाट्न सिकाउने आमा त होनी !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: