प्रेममा जीत निश्चित छ तिम्रो हारेर नजाऊ,
तिम्रानै लागि बाँच्या छु माया मारेर नजाऊ।
लामो छ यात्रा कठिन होला घाम पानी सहन,
सहयात्री बन्छु बीचमा एक्लो पारेर नजाऊ।
दुख र सुख जस्तो छ जीवन संगसंगै बिताउँला,
धनको लोभले त्यो मन अन्तै सारेर नजाऊ।
क्षणिक हो दुख आउने छ सुख सन्देह किन र,
धैर्यता राख ब्यर्थैमा आँसु झारेर नजाऊ।
दिलमा ठाउँ मायाका लागि खटाई राख है,
आउने छु चाँडै मनको बाटो बारेर नजाऊ।
Liked by: