ग्यास छैन मेरो घरमा ,चुलोमा आगो बाल्न गाउँ आउछेउ र माया
भत्किदा ति घरका चुलोचौका माटाले टाल्न गाउँ आउछेउ र माया
खेती किसानी पहिचान हो हामि सबै नेपालीको
नमाने है गाह्रो पिरो गाई भैंसीहरु नि पाल्न गाउँ आउछेउ र माया
छि छि गहनाउछ भन्दै नबस है सबैको अगाडि
आइ परेमा गोबर पात पतिङर पनि फाल्न गाउ आउछेउ र माया
छिटो हिंड्दा उताउली ,ढिलो हिडे लुसि भन्लान्
मिलाएर तिमिले खुट्टाका पाइलाहरु चाल्न गाउ आउछेउ र माया
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: