सात छोडी घात गरेयौ ए अब त पुग्छ होला।
मनै त हो मेरो पनि पिडामा मन दुख्छ होला ।
खाएका बाचा अनि कसमहरु भुलेपछी तिमिले
कसैको लजाएर लाज पनि कसरि लुक्छ होला।
तिमिसङ्ग मेरो अचानक भेट पनि नहोस कतै,
लालुपाते झै तिम्रो शिर भुइँमा झुकछ होला।।
कसरी हुर्कियोस बिरुवा उस्तै सेवा नगरी,
डालिसङ्गै फुल पनि वैलिएर सुक्छ होला।
सोछे झै पायौ तिमिले आज साथ उस्को,
चङ्गा भै मन पनि रकेट जस्तै दगुर्छ होला।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: