कोही चिनेर पनि नचिने झैँ अभिनय गर्छन्।
कोही आफन्त झैँ नजीक आएर परिचय गर्छन्॥
यौवन सौन्दर्यको मदमा मात्तिएछ मान्छे।
चिता बिर्सिएर अहङ्कार कतिपय गर्छन्॥
झरना झरिरह्यो हेर ढुङ्गामा खल्डो परिरह्यो।
जसले पनि निरन्तरता दियो भने विजय गर्छन्॥
बाहिर झुटै झुटो मात्रै यदि भेट्नु भयो भने।
त्यो भट्टि छिर्नु साँचो बोल्दै ज्यान विलय गर्छन्॥
हत्या हिंसा अनि बलत्कारबाट आजित मानिस।
यौटा सज्जन पुरुष प्रति पनि संशय गर्छन्॥
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: