के थाहा र मलाई, यो साथ यसै छुट्छ भनि
के थाहा र मलाई,आशा उसै टुट्छ भनि
कोरिएका यि पानाहरू, जस्मा तिम्रै गित छ
संसारको नियम यो,छुट्टिनु नै रित छ
आशा न हो यो मनको,भरोसा त थिएन नि
छुट्टिने छौ एकदिन, हाम्रो यो यकिन हो नि
समय यति छिटै बित्छ, मलाई के थाहा र
वियोगले यो मुटु चिर्छ, मलाई के थाहा र
अब भैगो धेरै नरोयौ,छुट्ने साथ छुटि गयो
मुटु अब बटुलौ यो,टुट्ने जति टुटि गयो
बाकि जिवन हास्नु तिमि,म रोइ बसे नि
अहिलेलाई अल्विदा भो , सधैं खुशी हुनु नि
Liked by: