चुनाव अघि हजुर २ अनि जितेपछी औकात देखाउछन्।
हेर्दैजानुस नेपाल आमाकै यिनिले गर्भपात देखाउछन्।
कतै देशमै बसेर गल्ती त गरिएन?,
प्रेमिका लैजान्छन अंकलले हातमा PR सौगात देखाउछन्
नसोच्नुस,साचो प्रेमको अन्त्य हुदैन भनी,
छुटाउछन सम्बन्ध अनि कारण जातपात देखाउछन् !
देशमा भविस्य देख्छ कसरी त्यो बालकले ?
समाचारमा विदेशिनेको दिनरात जमात देखाउछन् ।
सोधि हेरत सरकारलाइ घाँटी रेट्ने यो महङ्गी किन?
सियो देखि रेल सबै आयात देखाउछन् ।
चुनाव अघि हजुर २ अनि जितेपछी औकात देखाउछन्।
हेर्दैजानुस नेपाल आमाकै यिनिले गर्भपात देखाउछन् ।
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: