मेराे दाह्री उम्रिदाे गालामा आफ्नाे गाला लगायर
यक पटक गरेकी थियाै स्वागत फुलमाला लगायर ,
तिम्रा हचुवाका गफहरुमा हराउने म पनि मूर्ख रहेछु
भन्थ्याै राख्छु मुटुभित्रै तिमिलाई बाहिर ताला लगायर ,
कहिल्यै मलाई आपतकाे भुमरीमा राख्दिन भन्ने तिमी
आज गएकि छाै, जिन्दगानिमा अल्झिने जाला लगायर ।
हिजाे म वाहेक अरुलाई याे मनमा बास नदिनु भन्ने तिमी
आज आफैं हिड्याै यही मनमा बचनका भाला लगायर ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: