तिमी बद्लिएछौ तिम्रो गाउँ बद्लिएछ
थाहा भयो अब तिम्रो भाउ बद्लिएछ
समय नमिल्ने अनि कहिले परिस्थिति
मिलाएर आएको तिम्रो ठाउँ बद्लिएछ
सोधे अनि खोजे पनि भेट्न गाह्रो भयो
मैले सोधेको थिएँ तिम्रो नाउँ बद्लिएछ।
आनन्द रेग्मी सदभावनगर-३ जानकी बाँके।
Liked by: