बगेको छ पानी कहाँ पुग्छ होला ?
उडेको खरानी कहाँ पुग्छ होला ?
सिधै नर्क भन्छन् अभागी मरे त !
मरे भाग्यमानी कहाँ पुग्छ होला ?
जसै सुर्य आई यहाँ राज्य गर्लान् !
डराई बिहानी कहाँ पुग्छ होला ?
घुमी फेरि पक्कै बुढो जो हुनेछौं !
सुनौलो जवानी कहाँ पुग्छ होला ?
बिराएर बाटो हरायो भने ऊ !
भरे!त्यो नजानी कहाँ पुग्छ होला ?
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: