दिल जल्यो सम्बन्ध खरानी भयो
आँखा भरियो नयन भरि पानी भयो।
धेरै पढेँ वियोगान्त कथा कविता
एले आँफ्नै जिन्दगी कहानी भयो।
सम्हाल्ने मन छैन छरपस्ट छोड्छु
जब मुटु दुख्यो माया को खरानि भयो।
बिर्सनेले सजिलै बिर्सेर गए होला
मेरो सम्झेरै दिन काट्ने बानी भयो।
Liked by: