दिलमा बस्छुहै भनी, बस भने
दिमागमा पस्छुहै भनी, पस भने
हासो लुटि खुसी रितिए पछि
जान्छुहै वाइ भनी, हस भने
पर सर्दै राम राम भन्दै
छुरा धस्छुहै भनी, धस भने
मरि सकेको थि, न मुस्कुराउदै सोधि
बिस्तारै कसौहै भनी, कस भने
मायानै मायाको चिता तयार थियो
मुस्कुराउदै बस है भनी हस भने
सुनाउदैथि मायाको अर्थ जप्दै मन्त्र
सति जाउहै भनी थेङ्क्स भने
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: