आस्तिक बन या नास्तिक बन,
जे सुकै बन तर वास्तविक बन।
मानवीय मुल्य र धर्म मा रमाउ,
सेवा भाव जगाउ सामाजिक बन।
सुख मा बाच्ने या दुख मा बाच्ने,
अधिकार तिम्रै हो तर नैतिक बन।
प्रसंशा कमाउ या त आलोचना नै,
आफ्नो लागि स्वयं आफू ठिक बन।
सल्लाह सुझाव सबै बाट लिन सिक,
तर आफ्नो निर्णय मा आफू अडिग बन।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: