मेरो देउता तिमी हो,मन्दिरमा बत्ती बाल्ने छैन बा।
दुख गुनासो सबै सुन्छु,तिम्रो कुरा टाल्ने छैन बा।
हातमा ठेला,मुखमा गाँस नहालेर पालेका होउ,
भलै प्रगती धेरै नगरेनी,तिम्रो इज्जत फाल्ने छैन बा।
तिम्रो इज्जत ले उठेको त्यो शिर देखेको छ मैले,
सिखर चुम्न नसकेनी गलत कदम चाल्ने छैन बा।
मेरो हात समाइ काधमा बोकि,घुमायको सम्झना छ मलाइ,
तिम्रो हातको लौरो बन्ने छु,अरु लाई अगाल्ने छैन बा।
तिम्रो हात मेरो शिरमा भै सर्व सक्तिशाली छु म ऐले,
र त म हुँदै दुनियाँ कसैले तिम्रो खुटा ढाल्ने छैन बा।
तिमिले पुरानो लगाइ लुगा नयाँ मलाइ दिनु हुन्थ्यो,
सुख सयलले राख्ने छु तिमिलाइ गाल्ने छैन बा।
मेरा लागि आफ्ना रहर सबै सुकाका छौ तिम्ले,
मेरा लागि सर्वस्व तिमी अरुलाइ अगाल्ने छैन बा।
तिम्रो दुख अनि कष्ट पसिना बगाको देखेको छु मैल्रे ,
संघर्ष गर्छु ,लडिरहन्छु तिम्रो परिश्रम खेर फाल्ने छैन बा
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: