बेचिए खोला नाला नेपाल आमा रुदैछिन ।
हराए चाला माला नेपाल आमा रुदैछिन ।।
अंश भाग लगाए झै टुक्राटुक्रा भयो देश ।
छैन पुराना पाला नेपाल आमा रुदैछिन ।।
खोज्छन् छोटा छोटा लुगा अंग छोपिदैन ।
छैन पुरै छोप्ने टाला नेपाल आमा रुदैछिन ।।
अनेक थरी दल्नुपर्ने अनुहार सेतो बनाउन ।
छैनन् शुद्ध गाला नेपाल आमा रुदैछिन ।।
नौ महिना पनि नपुग्दै गर्भधारण गराउदै ।
दिन्छन् घाउ आला नेपाल आमा रुदैछिन ।।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: