मेरा बाध्य ती सारा रहर महल भन्दा भब्य छ
चौतारीको पिपल या वर महल भन्दा भब्य छ
मैले आफ्नो बाको तस्विर हृदयमा टाँसे पछि
गाउँको सुन्दर सानो घर महल भन्दा भब्य छ
आमाको पछ्यौरीमा ममता लुकेको छ बुझेस्
मातृ सुख होस् या कदर महल भन्दा भब्य छ
हिमाल, पहाड तथा तराई कोही छैनन् पराई
सभ्य आदिवासी थारु मगर महल भन्दा भब्य छ
लाखौ बर्ष बाँच्न कला चाहिन्छ क्षमता चाहिन्छ
सम्पत्ति भन्दा श्रध्दालु अधर महल भन्दा भब्य छ
Liked by: