भगवान तिम्रो कस्तो लिला मान्छेले पुज्ने ढुङ्गा बनायौ
तिमी नै भयौ सर्वोपरी काल अनि जन्मको ढुङ्गा बनायौ
कस्तो रच्यौ अनि लेख्यौ प्रभु वेद रामायण महाभारत र गिता
त्यहि ग्रन्थ पढ्दा पढ्दै मन बुझाउने अनि दिमाग चङ्गा बनायौ
जन्मायौ यहि पृथ्वीमा फरक फरक र पृथक व्यक्तिहरु
यहिँ जन्मिए कोही बुद्ध जस्तै ज्ञानी त कोही बुङ्गा बनायौ
सत्य र द्वापारमा देवि तिमिले साडि चोलो र फरिया लगायौ
कस्तो रिति दियौ प्रभु कलियुगमा तिनै देवी नाङ्गा बनायौ
खराब चलन र रिति कति हजुर कलियुगमा अझै बाकी नै छ
दाजु भाइ लडाँइ अनि युद्द गर्न सजिलो हतियार र दङ्गा बनायौ
Liked by: