नबोल्दैमा माया सकियो भन्न सकिन्न।
बोल्दा फेरि माया थियो भन्न सकिन्न।
कयौ यादहरु त मुटु संगै धड्किरहन्छ्न
भौतिक दुरि बढ्दा छुट्टियो भन्न सकिन्न।
मेरो हालखबरको बारेमा फर्केर नसोध्नु
यो मन कति भक्कानियो भन्न सकिन्न।
धोकाको नुन खुर्सानी बेच्ने यो शहरमा
घाउ थियो फेरि कोतरियो भन्न सकिन्न।
उसले फर्किन्न भनेपनी म पर्खी रहेछु
त्यो कतै अल्मलियो भन्न सकिन्न।।
Liked by: