उनकाे मेराे अनायासै भनाभन भाे अाज
गल्ती अन्जानमा कि जानाजान भाे अाज
ईमान्दार कहलिएकाे त्याे हाम्राे माया
दुनियाकाे अगाडि बेमान भाे अाज
न तिमीले जीत्याै न त मैले हारे
पिरतीकाे खेलमा समान भाे अाज
मनाउने भा मनाउ उत्सव तिम्ले पनि
नझुक्नुकाे बेग्लै अभिमान भाे अाज
भुल्यो तिमीले मप्रति लगाएका आरोपहरु
अनि फेरि भन्छौ "मेरो अपमान भो आज"
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: