चेपारो पार्नेको भर हुन्न
बाचा टार्नेको भर हुन्न।।
आउँछु भनि कुराएर,
भाका सार्नेको भर हुन्न।।
मायाको लडाई लड्छु भनि,
लडाइ हार्नेको भर हुन्न।।
खोली सँगै तार्छु भनि,
चुहिने डुङ्गामा तार्नेको भर हुन्न।।
बिश्वास नै ठूलो भन्छन् अरे,
बिचैमा माया मार्नेको भर हुन्न।।
Liked by: