भेलसरी | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो गजल

भेलसरी




   पुश्कर मेह्ता - May 07 2018

जसोतसो बगीरा'छ जिन्दगानी भेलसरी
कहिलै हार कहिलै जीत जिन्दगानी खेलसरी

गृहस्थीको मन्चमाथी बन्नुपर्छ अभिनेता
जस्तो भन्यो गर्नुपर्ने जिन्दगानी जेलसरी

विधाताको इशारामा रूनुपर्छ, हाँस्नूपर्छ
कर्महरू क्याप्चर गर्ने जिन्दगानी रीलसरी

कोहि छैन सँसारमा सुखको मात्र भोगी
सियोसरी चुभाउने जिन्दगानी खीलसरी

दुखेर नि हास्नुपर्ने हर लीलामा कला यहाँ
जती जोड़े नि शून्य हुने जिन्दगानी नीलसरी

मायाजालको पिंजड़ामा स्वार्थी बन्नैपर्ने
जन्मेदेखी मरूँन्जेलको जिन्दगानी नेलसरी

कहिलै हार कहिलै जीत जिन्दगानी खेलसरी
जसोतसो बगीरा'छ जिन्दगानी भेलसरी

---------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.