दोषी वोध गराउँछन् अन्जानैका भूल अचेल
भित्र कतै बिझाउँछन् कमला यी फूल अचेल |
कर्णालीको जोखिमपूर्ण त्यो तुइनको के कुरा भो
मक्किएर मझधारमै खसाल्दिन्छन् पुल अचेल |
बढ्दैछ रे ग्लोबल वार्मिंग भन्छ विज्ञान हिजोआज
कहाँ तिर्खा मेटाउँछन् वाफ्फिएका मूल अचेल ?
लिलाम हुन्छन् कलम जब कालो धनको बजारभित्र
कदरपत्र, पदकहरु मुटुमा हान्छन् शूल अचेल |
ओझेल पर्न नदिएरै हृदयको भित्ताबाट,
जगाउँछन् मध्यराति यादहरुका हूल अचेल |
Liked by: