मेरो हरियाली गाउँ त पुरानै थियो तर सहर बिरानो थियो
बिहानि घामको किरण ताजा नै हो तर लहर बिरानो थियो।
कित ओखती कित बेहोशी थियो मायामा पिरतिको प्याला
धोका रैछ देखावटी मायाको बचन त्यो जहर बिरानो थियो।
कालो रात अनि छेउमा तिमी थियौ टासिएर बसेकी मसङ्गै
तर छुट्नुपर्यो बाध्यताले त्यो बिहानिको प्रहर बिरानो थियो।
साथ त अजम्बरी नछुटिने बाचा कसम थियो हाम्रो मनमा
बाटो मोडेपछी थाहा भयो त्यो गल्ली नगर बिरानो थियो।
होला र मिलन अब त्यो साझदेखी छुटेको माया कहिकतै
लाग्छ हामी बस्ने छहारी दिने त्यो पिपल वर बिरानो थियो।
Liked by: