बिस्तारै चल्न ए जिन्दगी
कैयौं गुण चुकाउन बाँकी छ
अनगिन्ती पीडा मेटाउन बाँकी छ।
केही जिम्मेवारी निभाउन बाँकी छ
जीन्दगीमा ढिला गर्नाले
कोही छुटे कोही रुठिए
रुठियालाई मनाउन बाँकी छ।
रोएकालाई हसाउन बाँकी छ
केही आधुरा काम बाँकी छन्
केही काम अझै जरुरी छन
जुन सपना टुटे जीन्दगीमा
तिनलाई वैठ्याउन बाँकी छन्।
त चल्दै गर म आउँदै गर्छु
त बिना बाँचेको के नै अर्थ
यो सासमा जसको हक छ
उनलाई सम्झाउन बाँकी छ।
बिस्तारै चल्न ए जिन्दगी
कैयौं गुण चुकाउन बाँकी छ
अनगिन्ती पीडा मेटाउन बाँकी छ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: