थोरै थोरै पनि किन नहोस बोलेर छोड
अाउदै छु म दिलको ढोका खोलेर छोड
जति कोसिस गरे पनि सकिन मैले भुल्न
कहिल्यै न भुल्ने गरि अब बिष मोलेर छोड
यदि सक्दिनौ भने तिम्ले मोल्न लाई बिष
थोरै थोरै पनि किन नहोस बोलेर छोड
अन्जान र अपरिचितलाई त दिनु पर्छ बास
अाउदै छु म दिलको ढोका खोलेर छोड
थोरै थोरै पनि किन नहोस बोलेर छोड
अाउदै छु म दिलको ढोका खोलेर छोड
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: