आमाको काख जस्तो बुबाको लाख नहोला।
धर्तिको जत्तिकै महत्वमा आकाश नहोला।
मर्मिरेमा बेसी झरेर राती फर्किने बुवासंग।
म उठ्दा र सुतुन्जेलसम्म भेटघाट नहोला।
तरपनि नशा नशामा मेरो बगे जस्तो लाग्छ।
पिडा लुकाउँदै हाँसेको झन अन्दाज नहोला।
मेरो बुवाको विश्वास चाउरीएका निधारमा।
कहिल्यै हराएन हौसला यद्यपि दाँत नहोला।
बुवाको कथा सायद लौरोले बुझेर होला खै।
आधा झुकेको छ अब जीवन बेहाल नहोला।
खोला तरेर पुल बिर्सिने चलन भाछ अचेल।
ध्यान दिउँ बाढी आउँदा तिम्रो नाक नहोला।
मन र मस्तिष्कमा हरेक पल सधैं राज गर्ने।
तिमीसंग हौसला दिने त्यो साथ नहोला।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: