बिज्ञापन गरेको होइन तर एउटि नारी चाहियो रे ,
बुबाआमाको माग घरमा एउटि बुहारी चाहियो रे !
समय बद्ल्यो, जमाना बद्ल्यो तैपनि खै के भन्नू ,
आमा भन्नुहुन्छ जो भए नि इष्टकी छोरी चाहियो रे !
दाइजो त माइतिको खुशी हो कुनै बाध्यता होइन,
परिवारको इज्जत धान्ने सुशिक्षित संस्कारी चाहियो रे !
घरमा कोहि पाहुना आए, चिसोतातो दिई स्वागत गर्ने,
स्वच्छ हृदयकि परिवार र आफन्तकी प्यारी चाहियो रे !
लज्जा, प्रणयमान अनि शृङ्गार त नारी रत्न हुन,
आफ्नो खसमकी सौभाग्यवती पियारि चाहियो रे !!
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: