आफ्नै बच्पन सम्झिनु,आफ्ना छोरी सम्झिनु
सासुमा हजुरकै बिगत भोग्दैछे,बुहारी सम्झिनु !
दाईजो नपुगेको निहुमा बुहारी कुट्नेहरू
कस्ले दिन्छ बुडेसकालको छाहारी सम्झिनु !
उसको चरित्रमाथी प्रश्न गर्ने श्रीमानले सुन्नुहोस्
हजुरकै नामको छ,घाँटीमा तिलहरी सम्झिनु !
रातभर कुटेको बिहानै भुल्नु भएछ महोदय
कति गल्ति गरेछु विगतमा भनि,दिनभरी सम्झिनु !
नारी माथिमात्र औंला उठाउनेहरू किन बुझ्नुहुन्न?
यस्तै आफ्ठयारोमा परे के होला?,आफ्नै छोरि सम्झिनु !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: