छर्छन बीउ फलाउछन अन्न, बारी भएपछी।
केखाउ केलाउ हुन्न घरमा रोज-गारी भएपछी।।
बिना स्त्री घर संसार नै, लथालिङ्ग भताभुङ्ग ।
घर नै संसार झै लाग्छ घरमा, नारी भएपछी।।
खबर गरे मेरो पार्टी, कार्यकर्ता नभनेर ।
सबको भलो जन-हितमा, जारी भएपछी।।
युवा सबै बिदेशी गुलाम, गाउमा बुढापाका।
आउछन आफ्नो ब्यथा पोख्छन,चौतारी भएपछी।।
फोन उठायो कुरा सबै, घाटीमा नै बसिदिन्छ।
परिवार समुन्द्र वारि छोरो, पारी भएपछी।।
_________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: