तिमी बिहानीसंगै त्यो रातको चिन्ता गर्छौ,
सम्बन्धले दिनुपर्ने ती साथको चिन्ता गर्छौ
उदास उदास देख्छु आजकाल सधै तिमी
नढाटी भन प्रिय कुन बातको चिन्ता गर्छौ
तपाईं भन्नुहुन्छ नझुक्नुस र नलजाउनुस,
तर कति छन यहाँ जो जातको चिन्ता गर्छौ
हुन्न सबैलाइ सराबरी एकसमान कतैपनि,
दुख गर्दै गरेका पौरखी हातको चिन्ता गर्छौ
एकपछी एक झर्दै गएर नग्न हुनु नै छ भने,
किन तिमी दुख दिने खातको चिन्ता गर्छौ ।
Liked by: