तोडिदै गएका छन मेरा सारा बिश्वासहरु
सबैले स्वार्थी संसार भन्थे स्वार्थी नै पो रैछ !
वन जङ्गल चारै तिर विरहिको धुन सुन्छु
किन रुन्छ न्याउली भन्थे चोट परेर रैछ !!
फुल्ने छैन मन मेरो, सुख्खा भए आँतहरु
शरद किन उजाड भन्थे पात झरेर रैछ !!!
हर साँझ हर बिहान उम्लि रन्छ रक्तहरु
मुटु किन पोल्यो भन्थे मन डढेर रैछ !!
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: