लगलग कामेर पनि जाडो भाछैन भन्नुबाहेक अरु काम छैन
किनकि थाछ बाको खल्तिमा ज्याकेट किन्न पुग्ने दाम छैन
पाइन पठाउन चिठी उसलाई महिनौ भयो लेखेर सजाएको त
हुलाकसम्म पुर्याउन मसङ हुलाकी अनि सिङारिएको खाम छैन
चुप बस्नु छ अब सबै, गरे पनि कसैले सिताजिकै हरण
किनकि कलियुगमा छौ हामी, यहाँ कुनैपनी राम छैन
अहो गाह्रो छ रे राजधानी धाउन हुन्छ रे बसैबसको भिड
राज गर गरिब बस्ने थुम्काहरुमा त्यहाँ त कुनै जाम छैन
लगलग कामेर पनि जाडो भाछैन भन्नुबाहेक अरु काम छैन
किनकि थाछ बाको खल्तिमा ज्याकेट किन्न पुग्ने दाम छैन
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: