छन त केही छैन तर गुमाउँछु की डर लाग्छ
आफ्नो त होइन तर अरूको हुन्छ कि डर लाग्छ ।।
अनेकथरी चाहनामा दौडिन्छन यो मनमा
नपाइने चिजमा फस्छ की डर लाग्छ ।।
हराई रहन्छु नौलो संसारमा रंगाई रहेको छु सपना
पूरा नहुँदै आँखा खुल्छ की डर लाग्छ ।।
सजाउन खोजेको छु सुन्दर फूललाई दिलभित्र
आँखाबाट नै विलीन हुन्छ कि डर लाग्छ ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: