तिमिलाई त खोई मलाई त डर लाग्छ
जब दिन्छौ आश तब मात्र भर लाग्छ
कसैलाई बनाऊछ कसैलाइ बिगार्छ
यस्तो बिभेद गर्ने मलाई सहर लाग्छ
जानू भन्दा पनि आउनुको हतार हुन्छ
परदेशीलाइ सबथोक उसको घर लाग्छ
आउदैन सित्तिमित्ति, गएपछि फर्कदैन
यो अनौठो कुरा मलाई अवसर लाग्छ
मृत्युनहुन्जेल मान्छेको पाइला रोकीदैन
परिभाशा जिन्दगीको मलाई सफर लाग्छ
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: