हर ढुक्ढुकीको धड्कनमा तिमी l
हर धड्कनको कम्पनमा तिमी l
बेसुरा संगित पनी तिमी बिना,
सातै सुरको सरगममा तिमी l
यसै त सुन्दर, कसरी बयान गरुं,
आहा, यो भरीलो यौबनमा तिमी l
को गर्ला चर्चा, प्रशंसा अप्सराको,
हर कोहीको अब नयनमा तिमी l
आजभोली यादको मौसम तिब्र छ,
हर यादहरुको आगमनमा तिमी l
तिमीलाई भुल्न हर साँझ पिउदैछु,
तर हर मातको गन्थनमा तिमी l
Liked by: