जलेको छु आफैभित्र, देखाउँ म कसरी
जे लेखेथे विधाताले, मेटाउँ म कसरी ।
जुन दिलबाट, बहिस्कार गरि निकाल्यौ
चुपचाप त्यही दिलमा, आउँ म कसरी ।
परदेशी छोरोको, आफ्नै कथा-व्यथा छन्
सुखजस्तै, दु:खको खबर पठाउँ म कसरी
कसरी बयान गरुँ म, दिल कुन हालमा छ
अथाह छन् पीडा मनमा, चिच्याउँ म कसरी
अप्रत्याशित अनुभुति, दिलको आज फेरि
को हौ तिमी मेरो, तिमीलाइ बताउँ म कसरी
Liked by: