प्रेमरुपि साँङघातिक अहंकारको तिर हानी मुटु टुक्रा टुक्रा पारी गइन।
सजाइ सपना कहिले नछोड्ने बाचा कसम खायर पनि ।
उल्टो मेरो गल्ती देखाइ सारा सपना टुक्रा टुक्रा पारी गइन।
उनले आज फेरि दिल दुखायर गइन।
न आइजा भन्दा नि लाज पचाइ आइराख्ने उनको याद, हरे शिव।
मुटु तोडेर नि पुगेन रे उनलाइ त्यसैले सारा शरीर प्यारालाइसिस बनायर गइन।
उनले आज फेरि दिल दुखायर गइन।
सानी सानी डल्ली डल्ली थिइन उनी अझ निधारमा सानो गाजलको टीका लगाउदा त, आय हाय
जति आय हाय भने पनि एक आत्मिय मित्रताको भावनालाइ लत्यायर गइन।
उनले आज फेरि दिल दुखायर गइन।
बिगतका ती सम्झनालाइ कोट्यायर हेर्दा बिरक्त लागेर आउँछ, कठै मेरो जिन्दगी।
आफ्नो जिन्दगी महल बनाइ, मेरो जिन्दगी सम्सानघाट बनायर गइन।
उनले आज फेरि दिल दुखायर गइन।
प्रेमरुपि साङघातिक अहंकारको तिर हानी मुटु टुक्रा टुक्रा पारी गइन।
Liked by: