तपस्वी बनेर बसुँला हजुरको।
केवल नाम जपेर बसुँला हजुरको।
भो बरदान नदिए नदिनुस के भो र..
प्रार्थना गरेर बसुँला हजुरको।
तस्वीर त दिनुनै भएन हजुर्ले
त्यै मुहार सम्झेर बसुँला हजुरको।
मायामै धोकाको सिर्जना गर्नु भो
यै बैगुन बिर्सेर बसुँला हजुरको।
बगेको खोलानी फर्किन्छ कुनै दिन
म बाटो पर्खेर बसुँला हजुरको।
हेर्न मन नलागे नहेर्नुस ठिकै छ
दिलैमा लुकेर बसुँला हजुरको।
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: