चौरासी व्यञ्जनको भोजन गर्याै
अनि अघाएर आयौ
तर पनि
मसँग रहेको केवल
एक बुजो माया
झ्वाट्ट खोस्यौ र
ती श्वेत दन्तलहरले चपायौ,
जुठो खाए माया बढ्छ भनेर ।
तिमीले सोच्यौ मैले खाइसके
र बचेको छ एक बुजो,
मेरो जुठो ठानेर खायौ
तर त्यो अरू कसैको हो
मैले भेटाएको एक बुजो माया ।
कतै डङ्गुरमा , कतै कन्टेनरमा
कतै गन्हाउदो मझेरीमा वा
कसैको जुठो थालमा भेटाएको
एक बुजो पनि खान दिइनौ ,
एक बुजोले मेरो बासी भोक मर्थ्याे।
गहिरो प्रेमको लागी
मसँग खोसेर खाए पनि
माया उसँगको बढ्छ तिम्रो
अरू कसैको जुठो त्यो, ,
मेरो एक बुजो खोसेर खाँदा
म रहें भोकै र
पाईनौ मेरो प्रेम पनि ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: