सबैलाई छ्लेर त आउ आज एकान्तमा
लगाएर रातो सारी भेट आज एकान्तमा ।
जुन अनि ताराजस्तै कति बस्नु परपर
फिजाएर केस तिम्रो भेट साझ एकान्तमा ।
धड्कनको चाल सुन कसलाई बोलाउछ
सत्य कुरा सुन्नेभए भेट साझ एकान्तमा ।
सुस्त सुस्त हिंड्दै आउ थाहा होला साथिलाई
तड्पिदै कति बस्नु भेट आज एकान्तमा ।
डाहा होला कतिलाई देख्दा हाम्रो खुशीलाई
लुकामारी खेल्नुपर्छ भेट साझ एकान्तमा !!
Liked by: