साँच्चै गर्हो हुन्छ मलाई तिमी बिना एकपल कटाउन
चाहेर पनि हुन्न मैले कैले कसैलाई यो कुरा बताउन
अन्तरंग मा खेल्छन् अनेक प्रश्नहरुका जमातहरु
मुस्किल मात्र होइन महामुस्किल छ एक्लै छट्पटाउन
साँच्चै गर्हो हुन्छ मलाई तिमी बिना एकपल कटाउन
यादहरुले छाल हान्न थाले मन का कुना कुनामा
तै पनि सक्दैन सानु मैले तिम्रो याद हरु घटाउन
साँच्चै गर्हो हुन्छ मलाई तिमी बिना एकपल कटाउन
भरिदै छ माया मेरो कुना कन्दरा जताततै
खोजेको त होइन माया मैले हजुरलाई धेरै सताउन
साँच्चै गर्हो हुन्छ मलाई तिमी बिना एकपल कटाउन
दिन् त जसरी तसरी बित्छ रात बिताउन सकस हुन्छ
सपनीमा आउनु सधैं मलाई माया गरी मताउन

Liked by: